logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु


अंकुरण खबर
624
Shares

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर–६ डुम्रे कुनामा आइतबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका स्थानीय २६ वर्षीय बिराज वाइबाको मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा मृत्यु भएको र उनको शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै, चट्याङ लागेर घाइते भएका स्थानीय ५६ वर्षीय वीरबल वाइबा र ४६ वर्षीय वीरबहादुर वाइबालाई भने उपचारको लागि हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।