प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा विश्वासमा मत लिने भएका छन्।
आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिने बताएका हुन।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताई दिएपछि ओली सरकार संकटमा परेको छ।
नेकपा माओवादी केन्द्रले ओली सरकारलाई आफ्नो समर्थन नरहेको बताउँदै आएको छ।
माओवादी केन्द्र,नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले भित्रभित्रै नयाँ सरकार बनाउने तयारी गरिरहेका बेला प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन।
जसपाभित्रको महन्त ठाकुर नेतृत्वको समूहले ओलीलाई समर्थन गर्ने संकेत गरेपछि ओलीले विश्वासको मत लिन लागेको बताइएको छ।