logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा ७ जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
2.496K
Shares

कोरोना भाइरसका संक्रमणका कारण बाँकेमा ७ जनाको मृत्यु भएको छ।

उनीहरुको आइतबार राति र सोमबार बिहान मत्यु भएको हो। मृत्यु हुनेमध्ये ६ जना बाँकेका छन् भने एक जना बर्दियाका छन् ।

उनीहरु मध्ये भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा ४ र नेपालगञ्ज मेडिकल कलेज कोलहपुर उपचारका क्रममा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका १ र ३ का ६६ र ५१ वर्षीय पुरुष छन्।

बर्दियाको बढैयातालका ४७ वर्षीया पुरुष, नेपालगञ्ज उपमहानगर–५ का ४८ र ६० वर्षीय पुरुष छन् । यस्तै खजुरा गाउँपालिका २का ३२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका ८ की एक महिलाको सोमबार बिहान कोराना संक्रमणका कारण मृत्यु भएको छ।