कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक भोलिका लागि सरेको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि बैठक भोलिका लागि सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठक आज दिउँसो २ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने तय भएको थियो।
संसद् अधिवेशन आह्वान र प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि सो विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका थिए।