logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धादिङ अस्पतालका आपतकालीनबाहेक सबै सेवा बन्द


अंकुरण खबर
832
Shares

धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आपत्कालीन बाहेक सबै सेवा आजदेखि बन्द गरेको छ।

अस्पतालले विज्ञप्ति जारी गर्दै बहिरङ्ग सेवा बन्द गरेको हो । आपत्कालीन सेवा मात्र सञ्चालन गर्ने गरी अस्पताल खोलिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए।

यही वैशाख १५ र १७ गते अस्पतालमा कार्यरत स्वाथ्यकर्मीको स्वाब संकलन गरी पठाइएकामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनबमोजिम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सेवाग्राहीमा थप कोभिड संक्रमण बढ्न नदिन सावधानी अपनाउँदै ओपिडी सेवा बन्द गरिएको हो।

अस्पतालले तत्काल स्वास्थ्योपचार गर्नुपर्ने तथा अत्यावश्यक अवस्थामा रहेका सेवाग्राहीलाई मात्र अस्पताल आई भीड कम गराएर कोभिडको जोखिम कम गर्नका लागि सहयोग गरिदिन अनुरोध गरेको छ।