logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिड १९ महामारी नियन्त्रण तथा रोकथाममा सरकारलाई सहयोग गर्न प्रम ओलीको आग्रह


अंकुरण खबर
884
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी नियन्त्रण तथा रोकथाम गर्न सबै जनालाई सचेत रहन आग्रह गरेका छन् ।

ओलीले सोमबार देशवासीको नाममा सम्बोधन गर्दै कोभिड १९ नेपालमा पनि तिव्र रुपमा फैलिएकाले महामारी नियन्त्रण तथा रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागु गर्न र गराउन आग्रह गरेका हुन् । उनले यसबीचमा सरकारले चालेका कदममा सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् । विश्वसामु नै यो संकटको अवस्था सृजना भएकाले सबै मिलेर जानुको विकल्प नभएको पनि बताएका छन् ।

कोभिड संकटसँग जुध्ने अभियानमा नेपाललाई सहयोग गर्न प्रधानमन्त्रीले अन्तराष्ट्रिय समुदायसँग अपिल पनि गरे ।