logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना महामारी विरुद्ध अग्रपंक्तिमा खट्नेलाई ५० प्रतिशत जोखिम भत्ता दिइने


अंकुरण खबर
1.898K
Shares

सरकारले कोरोना संक्रमणका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, चालक, सफाइ कर्मचारीलाई आधारभूत तलबको ५० प्रतिशत भत्ताको व्यवस्था दिने घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आज देशवासीका नाममा सम्बोधन गर्दै भत्ता दिने घोषणा गरेका हुन। अवकाश प्राप्त चिकित्सकलाई एक बर्षका लागि करारमा नियुक्त गरिने पनि प्रधानमन्त्री अ‍ोलीले बताएका छन्।

कोभिडका बिरामीका लागि प्रयोग हुने औषधीको कालोबजारी गर्नेलाई कारवाही हुने पनि सरकारले बताएको छ।

प्रधानमन्त्री ओलीले आजको आफ्नो सम्बोधनमा सरकारी तथा निजी अस्पतालले शय्या लुकाएको भेटिए कारवाही हुने पनि बताएका छन्।