राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका दुई नयाँ प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले नियुक्त गरेका गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई आजै साँझ सपथ ग्रहण गराएकी हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीका अमिक शेरचनलाई हटाएर सीता पौडेल र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्तलाई हटाएर गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखको नियुक्तिको सिफारिस गरेको थियो।