logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिन ३ लाख ५५ हजार संक्रमित, ३४ सय बढीको मृत्यु


अंकुरण खबर
728
Shares

भारतमा पछिल्लो २४ घण्टामा कारोना संक्रमणका कारण ३४ सय हजार बढीले ज्यान गुमाएका छन् ।

गएको २४ घण्टामा थप ३ हजार ४ सय ३८ जना कोरोना संक्रमितले ज्यान गुमाएसँगै भारतमा मृतकको संख्या २ लाख २२ हजार ३ सय ८३ जना पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८ सय २८ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ करोड २ लाख ७५ हजार ५ सय ४३ जना पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा ३४ लाख ५२ हजार ४ सय ५७ जना संक्रिय संक्रमित रहेका छन्।