logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनगढीमा चार कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
767
Shares

कैलालीको धनगढीस्थित कोभिड अस्थायी अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक–एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

धनगढी उपमहानगरपालिका-७ की ७७ वर्षीया संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको जोशीले बताए ।

कोभिड अस्थायी अस्पतालमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष र बर्दियाको उतानपुर गाउँपालिका-२ का ३० वर्षीय पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए ।