logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

कोरोना संक्रमित कर्मचारीले १४ दिनको काज बिदा पाउने


अंकुरण खबर
962
Shares

कोरोनाको दोश्रो लहर तीब्र रुपमा फैलिएसँगै कोभिड–१९ बाट संक्रमित कर्मचारीले १४ दिनको काज बिदा पाउने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्मचारीलाई कोभिड–१९ काज बिदाको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई परिपत्र गरेको हो । कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसेका कर्मचारीको हकमा १४ दिन बिदा पाउने छन् भने अस्पतालमा भर्ना भएको खण्डमा उपचार अवधिभर काज बिदा दिने व्यवस्था गरिएको हो ।

यसबाहेक कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीले चार दिन काज बिदा पाउनेछन् । यो व्यवस्था सरकारी तथा अर्धसरकारी निकायमा लागू हुनेछ । यसरी बिदा पाउनका लागि कार्यालय प्रमुखले प्रमाणित गर्नुपर्ने हुन्छ ।

सामान्यतया निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउँदै आएको भएतापनि कोभिड संक्रमितलाई त्यो बिदाले नपुग्ने भएकाले छुट्टै बिदाको व्यवस्था गरिएको हो ।

यस्तै, कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी भएसँगै सरकारी कार्यालयमा आलोपालो तथा ‘वर्क फ्रम होम’ प्रणाली पनि लागू गरिएको छ ।