logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशका केही पहाडी भेगमा हुरीबतास र चट्याङसहित वर्षा हुने


अंकुरण खबर
832
Shares

मंगलवार देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकशित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशका पहाडी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको महाशाखाको भनाइ छ ।

मंगलवार दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै आज राती देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।