नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
हिंजो ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज थप २०० रुपैयाँ वृद्धि भएको हो ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य आज ९० हजार १०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।