logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आन्तरिक उडान बन्द: टिकट बुकिङ गरेका हरुको पैसा फिर्ता हुन्छ की हुँदैन ?


अंकुरण खबर
2.587K
Shares

सोमबार मध्यरातिदेखि नेपालमा आन्तरिक हवाई उडान बन्द भएको छ।

बढ्दो कोरोना महामारीका कारण सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो।
आन्तरिक उडान बन्द भएपछि अब अग्रिम टिकट बुकिङ गरेका हरुको पैसा फिर्ता हुन्छ की हुँदैन भन्नेबारे चासो उत्पन्न भएको छ।

एयरलाइन्स कम्पनीहरुले यात्रुले टिकट अर्को मितिमा सार्न वा टिकटको पैसा फिर्ता लिन सक्ने जनाएका छन्।

यति एयरलाइन्सले सूचना जारी गर्दै भनेको छ, ‘यात्रुले रकम फिर्ता गर्न टिकट काटेको ठाउँमै सम्पर्क गर्नु पर्नेछ।’