Breaking Newsस्थानीय

बैतडीमा शव परीक्षण गर्न ल्याउँदै गरेको जिप दुर्घटना, थप ४ जनाको मृत्यु

बैतडीमा दुःखद दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने कम्तिमा ६ जना घाइते भएका छन्।

आज दिउँसो से १ ज १८३ नम्बरको जिप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर–६ को गणमेश्रमा दुर्घटनामा परेको हो ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको सोमबार चट्याङ लागेर मृत्यु भएको थियो।

उनको शव पोष्टमार्टमका लागि आज जिल्ला अस्पताल बैतडीमा लैजाँदै गरेको जिप सडकबाट करीब ५ सय मिटर तल खसेको हो।

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० बर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारी रहेका छन्।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । साँघुरो घुम्तीमा जिप दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ।

Comment here