logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल चीन–नाकामा उच्च सुरक्षा सतर्कता


अंकुरण खबर
767
Shares

देशभर कोरोना संक्रमण बढ्दै गएपछि उत्तरी व्यापारिक नाका तातोपानी र रसुवागढीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

व्यापार सहजताका लागि नेपालले अधिकतम सुरक्षा अपनाउनुन चिनियाँ प्रक्षले आग्रह गरेपछि बाह्य मानिसको प्रवेश समेत रोकिएको भन्सार कार्यालयले जनाएको छ । रसुवागढी नाकाभन्दा डेढ किलोमिटर वरबाटै मानिसहरुको प्रवेशलाई अहिले निषेध गरिएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए ।

खोपको मात्रा पूरा गरेका, क्वारेन्टिनमा बसेका र व्यापारसँग सम्बिन्धत जनशक्ति मात्रै अहिले नाकामा रहेको उनको भनाई छ । कोभिड सुरक्षा सतर्कताका लागि चिनियाँ पक्षले निकै चासो दिएको पनि उनले बताए । पछिल्लो समय नाका भएर आउने कन्टेनरको संख्या पनि बढेको छ ।

नाकाबाट स्याउ, लसुन, ओखर, जलविद्युत परियोजनाका सामानहरु आयात भइरहेका छन् । यस्तै, नेपाल–चीनबीचको अर्को व्यापारीक नाका तातोपानी संसारमा पनि उच्च सतर्कता अपनाईएको छ । नाकालाई कोभिडमुक्त बनाउन झण्डै पाँच सय जनशक्तिले खोपको मात्रा पूरा गरेको भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।

सामान ओसार्ने कन्टेनरका चालक तथा सबै कर्मचारीहरुलाई अनिवार्य क्वारेन्टिनमा राखिएको उहाँको भनाइ छ ।