नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
मंगलवार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि माओवादीको बैठक बसेर समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको छ ।