समाचारस्थानीय

आज विभिन्न भागमा हावाहुरी सहित वर्षाको संभावना,शुक्रबारसम्म मौसम यस्तै रहने

आज देशका विभिन्न भागमा हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुको प्रभावमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावासमेत मिसिएपछि प्रदेश १, प्रदेश २, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावा हुरी सहित वर्षा हुने छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले आज विहान जारी गरेको बुलेटिन अनुसार आज राति देशका पहाडी भूभागका धेरै स्थानहरूमा हावाहुरी सहित सामान्य देखि पूर्ण बदली रहने छ । त्यस्तै भोली २३ गते(बिहिबार) दिउँसो देशका पहाडी भू भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहने र केही स्थानमा मेघगर्जन,चट्याङ्ग,हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यद्यपी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । वैशाख २४ गते (शुक्रबार)को मौसमको अवस्था पनि यस्तै रहने छ ।

 

Comment here