नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका हुन् ।
माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार वैधानिक रुपमा अल्पमतमा परेको छ ।

