logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था?


अंकुरण खबर
780
Shares

कोरोना संक्रमण पुष्टि भएका मदनकृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना भएका छन् ।

केही दिनअघि संक्रमित भएपछि अस्पतालमा उपचार गराएर डिस्चार्ज भएका श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपपछि फेरी भर्ना भएका हुन् ।

अहिले श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य भए पनि कोरोना भाइरसको रिपोर्ट भने नेगेटिभ नआएको बताइएको छ ।

वैशाख ६ गते श्रेष्ठसहित उनका परिवारका ५ जनालाई संक्रमण पुष्टि भएको थियो। श्रेष्ठको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

गत शुक्रवारमात्रै डिस्चार्च भएका श्रेष्ठको स्वास्थ्य अवस्था फेरि बिग्रिएपछि उनलाई पुनः मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।