logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१२ किलो अवैध गाँजा सहित ३ जना पक्राउ


अंकुरण खबर
754
Shares

जिल्लाको धनगढीमाई नगरपालिका-११ श्रमजिवी जाने बाटोबाट १२ किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका९१३ बस्ने २१ वर्षीय राकेश यादब, २१ वर्षीय सुनिल यादब र २० वर्षीय संजय यादब रहेका छन् ।

स.१० प २७३ र स.२ प ७५८३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दुबै मोटरसाइकलमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धनगढी सिरहाले जनाएको छ ।