काठमाडौंको सुन्धारामा रहेको एक होटलमा बालिका बलात्कृत भएकी छन् ।
सुन्धारामा रहेको ढोरपाटन होटलमा १४ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।
प्रहरीले बलात्कार आरोपमा काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भिमेश्वर नगरपालिका-९ घर भएका २९ वर्षीय शम्भु लामालाई प्रहरीले पक्राउ गरेको छ ।
ढोरपाटन होटलमा ललाई फकाई लगेर लामाले ती बालिकालाई २ दिनसम्म राखी पटक-पटक बलात्कार गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।