गण्डकी प्रदेशकी नवनियुक्त प्रमुख सीता कुमारी पौडेलले पदभार ग्रहण गरेकी छन् ।
पौडेलले बुधबार ११ बजे सहिदचोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् । सरकारले अमिक शेरचनलाई हटाएर पौडेललाई नियुक्त गरेको हो ।
सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेपछि पौडेलले सोमबार साँझै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएकी थिइन् ।
पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै पौडेलले गण्डकी प्रदेश सभामा पछिल्लो समयमा देखिएको राजनैतिक गतिरोध अन्त्य गर्न दलहरुबीच समन्वयकारी भूमिका खेल्ने बताइन् ।
उनले संविधान र कानुनको परिधिभित्र रहेर प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच समन्वायत्मक भूमिका खेल्ने बताइन् ।