झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ ।
बुधवार मध्यरातिदेखि बैशाख ३१ गते मध्यरातिसम्म निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा उल्लेख छ ।
निषेधाज्ञाको समयमा कुनै पनि व्यक्तिलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आदेश दिइएको छ भने अत्यावश्यक सेवा बाहेकका सबै सवारीसाधन र पसल समेत बन्द गरिएको छ ।
यसअघि आंशिक निषेधाज्ञा कायम थियो । कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि प्रजिअ तिमिल्सिनाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।