logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको उपचारमा बढी शुल्क नलिन निजी अस्पताललाई मन्त्रालयको चेतावनी


अंकुरण खबर
702
Shares

स्वास्थ्य मन्त्रालयले निजी अस्पतालले कोरोना संक्रमितको उपचार गर्न बेड शुल्कमा मनपरी गरेको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको गुनासो आएको उल्लेख गर्दै अनावश्यक शुल्क नलिन चेतावनी दिएको छ ।

मन्त्रालयले निजी अस्पतालले लिने शुल्क बारे अनुगमन भइरहेको र बढी लिएको पाइएमा कारवाही हुने बताएको छ ।