logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशभर १९९३ जना कोरोना संक्रमित निको भए


अंकुरण खबर
1.287K
Shares

आज देशभर १ हजार ९९३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार देशभर १ हजार ९९३ कोरोना संक्रमित भएका व्यक्ति निको भई डिस्चार्ज भएका हुन्। योसहित हालसम्म २ लाख ८९ हजार ७८३ जना संक्रमित निको भइसकेका छन्।

कुल संक्रमितमध्ये नेपालमा कोरोना निको हुनेको दर ८० दशमलब ६ प्रतिशत रहेको छ।

गत २४ घण्टामा मात्र ८ हजार ६५९ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।

देशभर ५८ संक्रमित मृत्यु भएसँगै हालसम्म ३ हजार ४७५ जना संक्रमितको मृत्यु भएको छ।