Breaking Newsस्थानीय

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मिति तोकियो,जेठ १७ गते मतदान हुने

अन्य समूहका तर्फबाट रिक्त रहेको राष्ट्रियसभा सदस्य लुम्बिनी प्रदेशको उपनिर्वाचन आगामी जेठमा हुने भएको छ।

सरकारले जेठ १७ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म त्यस समुहबाट निर्वाचित चन्द्रबहादुर खड्काको रिक्त पदपूर्तिका लागि मतदान गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा अनुसार त्यस दिन उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत भै सकेको छ ।

निर्वाचनमा सहभागी हुन चाहाने उम्मेदवारले तोकिएका केही मापदण्ड पुरा गर्नुपर्ने छ । नेपाली नागरिक रहेको प्रमाण खुल्ने कागजात हुनुपर्ने, निर्वाचनमा अन्तिम पटक समावेश भएको प्रमाण सहितको कागजात चाहिने, उम्मेदवारको घर संख्या र रहेको स्थान, जग्गाको क्षेत्रफल,यस समयको सम्पत्ति विवरण सबै खुलाउनु पर्ने छ । साथै उम्मेदवारको समर्थकका नाम, त्यस क्षेत्रको प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रका नगरपालिकाका प्रमुख वा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष समावेश भएको निर्वाचकमण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको बेहोरा खुल्ने प्रमाण पेश गर्नु पर्ने छ ।

उम्मेदवार हुन चाहानेले निर्वाचन अधिकृतको कार्यालयमा रु १० हजार र महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारका हकमा त्यसको आधा धरौटी रकम पेश गर्नुपर्ने हुन्छ ।

Comment here