कोभिड-१९ को यो संकटमा समस्या परेमा या कतै कालोबजारी भएको प्रमाण भए सहमयोग गर्ने भन्दै विवेकशील साझा पार्टीले दुई ओटा हटलाइन नम्बर खुला गरेको छ ।
संकटको यो घडीमा आम जनतालाई सहयोग गर्ने भन्दै कोभिड-१९ सम्बन्धि समस्या भएका ९८१३५७७२०७ र कालोबजारी सम्बन्धि समस्या भए ९८६१३३४०५१ हटलाइनमा फोन गर्न अपिल गरेको छ ।
पार्टीले आपतमा परेका संक्रमित र परिवारका सदस्यहरुलाई आवश्यक्ता अनुसार अस्पताल, एम्बुलेन्स, अक्सिजनलगायत बारेमा जानकारी दिने हेतु डटलाइन सञ्चालनमा ल्याएको जनाएको छ ।