logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिड संक्रमितलाई मात्र उपचार गर्ने गरि त्रिविवि शिक्षण अस्पतालले बनाउँदै १४० शय्याको उपचार कक्ष


अंकुरण खबर
1.014K
Shares

काठमाडौं उपत्यका लगाएत देशैभर कोभिड–१९ का संक्रमित ह्वातै बढेका छन् ।।

संक्रमितले उपचारको अभावमा ज्यान गुमाएका खबर आइरहदा महाराजगञ्ज स्थित शिक्षण अस्पतालले कोरोना संक्रमित बिरामीको मात्र उपचार गर्ने भने १४० शय्याको उपचार कक्ष सञ्चालनमा ल्याएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेका अनुसार त्रिविवि महाराजगञ्जमा क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरस्थित नयाँ भवनमा हाललाई कोभिड–१९ उपचार कक्ष बनाउन लागिएको हो ।

हाल कोभिड–१९ संक्रमितको उपचारमा ४० शय्या सञ्चालनमा ल्याइसकेको र बाकी आवश्यक तयारी गरि छिट्टै सञ्चालनमा ल्याउने कार्यकारी निर्देशक काफ्ले जानकारी दिएका छन् ।