logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा कोभिडले पछिल्लो १२ घण्टामा १० जनाको ज्यान लियो


अंकुरण खबर
663
Shares

पछिल्लो १२ घण्टामा बाँकेमा कोभिड १९ संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधबार बेलुका ६ बजेदेखि बिहीबार बिहान ७ बजेसम्म १० जनाको मृत्यु भएको जानकारी दिएको हो । मृत्यु हनेमा नेपालगन्जका धेरै रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका १२ का ४५ वर्षीय पुरुष, नेपालगन्ज ४ का ५५ वर्षीय पुरुष ,नेपालगन्ज १० कि ७६ वर्षीय महिला,नेपालगन्ज१ का ५८ वर्षीय पुरुष,नेपालगन्ज १० का २७ वर्षीय पुरुषको मृत्यु भएको छ नेपालगन्ज १० का ७८ वर्षीय पुरुष, नेपालगन्ज १९ का ७७ वर्षीय पुरुष र नरैनापुर गाउँपालिका १ का ५६ वर्षीय पुरुष रहेका छन् । त्यस्तै कोहलपुर नगरपालिका ५ का ३४ वर्षीय पुरुष र जाजरकोटकी ४३ वर्षीय महिलाको पनि कोभिडकै कारण मृत्यु भएको छ ।

योसँगै बाँकेमा कोभिडबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएर मृत्यु हुनेको संख्या १२७ पुगेको छ ।