logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा कोरोना संक्रमित युवाले गरे आत्महत्या


अंकुरण खबर
1.235K
Shares

चितवनको माडीमा कोरोना संक्रमित एक युवकले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान साढे सात बजेतिर माडी नगरपालिका-३ बस्ने ३५ वर्षीय गोबिन्द साहले घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

बैशाख १५ गते भारतबाट फर्किएका उनी कोरोना संक्रमित थिए । कोरोना पोजेटिभ भएपछि घरमै होम आईसुलेशनमा बसेका उनले तनाबमा परेर आत्महत्या गरेको हुन सक्ने ईप्रका माडीले जनाएको छ ।