logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउ बढ्यो


अंकुरण खबर
2.808K
Shares

नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ ।

हिजो बुधबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सयले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तेजाबी सुन ९० हजार १ सय रपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य  भने  घटेको छ । हिजो प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँको घटेर  प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।