वीर अस्पतालले सय जना स्टार्फ नर्ससहित १०३ कर्मचारी माग गरेको छ।
वीर असपतालले कोभिड १९ को संक्रमणका कारण जटिल लक्षणसहितका संक्रमितको चाप वृद्धि भएका कारण संक्रमितको हेरचाह र उपचारका लागि ६ महिनाका लागि कर्मचारी माग गरेको हो।
अस्पतालले सूचना प्रकाशित गर्दै ‘६ महिनाका लागि करार सेवामा नवौं तहमा तीन जना क्रिटिकल केयर वा क्रिटिकल केयरमा अनुभव भएको एनोस्थेसियोजिष्ट तीन जना र पाँचौं तहमा १०० जना स्टार्फ नर्सका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक व्यक्तिले वैशाख २४ सम्म दरखास्त दिन सक्ने छन्।’