दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा वृद्धि हुँदै गएपछि सिन्धुपाल्चोकमा आजदेखि निषेधाज्ञा लगाइएको छ ।
बिहीबार बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइने भएको हो।
जिल्लाको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आजको बैठकको निर्णयानुसार निषेधाज्ञा बिहीबारदेखि निषेधाज्ञा लगाइने भएको हो।
यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डे र वडा नम्बर ९ कदमबाससहित दुई वडालाई बुधबारदेखि बन्द गरिएको छ।
ती वडा संक्रमित वृद्धि हुँदै जान थालेपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए।