Breaking Newsराजनीति

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ ५ बजे बस्ने छ । विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई अपेक्षित मत प्राप्त नहुने अवस्था बने पछि मन्त्रिपरिषद् बैठक बस्न लागेको एक मन्त्रीले बताए ।

विहान ११ बजे अध्यक्ष ओलीले पार्टी स्थायी कमिटीको बैठक पनि बोलाएका थिए । बैठक समाप्त भएसँगै अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न सितलनिवास पुगेका थिए ।

Comment here