logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभाका थप चार सांसदलाई कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.365K
Shares

प्रतिनिधिसभाका थप चार सांसदलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा चार जना सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बुधबार १२८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेको संसद् सचिवालयले जनाएको छ ।