logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अक्सिजन सिलिन्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह


अंकुरण खबर
741
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डर फिर्ता गर्न उधोगहरुलाई आग्रह गरेको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमितको उपचारमा अत्यावश्यक अक्सिजन सिलिन्डर सरकारको निर्णय विपरित धेरै उधोगधन्दाहरुमा प्रयोग भइरहेको पाइएको बताएको छ।

मन्त्रालयले त्यस्ता सिलिन्डरहरु अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न अनुरोध गरेको हो।

सरकारको यस निर्णयको उल्लङघन गरेको पाइएमा संक्रमक रोग ऐन, २०२० को आधारमा अनुगमन गरि कारवाही गर्ने तथा अस्पतालमा अक्सिजनको न्यायोचित उपलव्ध गराउने व्यवस्था गर्न स्थानीय प्रशासनलाई मन्त्रालयले आग्रह गरेको हो।

health press23