logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन


अंकुरण खबर
1.118K
Shares

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। न्यूरो अस्पतालमा उपचाररत् उनको बिहीवार मृत्यु भएको हो।

संगीतकर्मी लक्ष्मण शेषका अनुसार ‘उनमा केही समयदेखि नसा सम्बन्धि समस्या थियो । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचार भइरहेको थियो। कोरोना संक्रमण पुष्टि भएको थिएन, परिवारबाट मलाई खबर आयो। अन्त्येष्टि लगायत विषयका बारेमा केहीबेरमा थाहा हुन्छ।’

८४ वर्षीय प्रधानको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएको थियो।

‘घुम्तीमा नआऊ है’, ‘पर लैजाऊ फूलहरु’, ‘यो नानीको शिरैमा’ जस्ता गीत गाएका प्रेमध्वज प्रधानले झण्डै एक दशकपछि सन् २०१६ मा ‘ती आँखामा’ बोलको गीत गाउँदै सांंगीतिक क्षेत्रमा फर्किएका थिए।

उनको जन्म वि.सं.१९९४ सालको असारमा सिन्धुपाल्चोक, चौतारामा भएको हो। शास्त्रीय सङ्गीतमा रुचि राख्ने जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधानको प्रभावका कारण आफू गायनतर्फ आकर्षित बताउँथे उनी।