logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट पोखरामा थप चार जनाको मृत्यु


अंकुरण खबर
832
Shares

कोरोना भाइरस संक्रमणबाट पोखरामा थप चार जनाको मृत्यु भएको छ ।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत तीन र चरक मेमोरियल अस्पतालमा एक जनासहित चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा–३ का ८७ वर्षीय पुरुष, पोखरा–२९ का ४१ वर्षीय पुरुष, पोखरा–१७ का ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरी गाउँपालिका–२ की ७२ वर्षीय महिला रहेको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरा ३ का संक्रमितको चरक मेमोरियल अस्पतालमा र अन्य तीन संक्रमितको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ ।