logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बढि भाडा असुल्ने कलंकीबाट थप २ जना पक्राउ


अंकुरण खबर
754
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने थप दुई जनालाई आज कलंकी चोकबाट पक्राउ गरेको छ ।

कलंकी चोकबाट काउण्टरका २ जना कर्मचारीलाई यात्रुसँग मनोमानी भाडा लिइरहेको अबस्थामा नियन्त्रणमा लिएको हो ।

काठमाण्डौं देखि झापा मोरङ्गको नियमित भाडा एक हजार देखि बाह्रसयसम्म भएपनि यात्रुसँग दुई गुणा बढि जनही रु. २५०० का दरले भाडा उठाउने खोटाङ घर भइ कलंकी बस्ने बर्ष ३५ को भीम बा. खड्का र रौतहट घर भई खसीबजार बस्ने बर्ष ५० को बैजनाथ चौधरीलाई आज महाशाखाको सादा पोसाकको टोलीले पक्राउ गरेको हो ।

उपत्यकाको रिङ्गरोडमा चल्ने बा४ख १९२५ नम्बरको पाथिभारा दर्शनको भाडा बसमा यात्रु लग्ने गरी टिकट काटिएको समेत पाइएको महाशाखाले जनाएको छ ।