logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङमा शुक्रबारदेखि निषेधाज्ञा


अंकुरण खबर
1.521K
Shares

जिल्ला प्रशासन कार्यालय मोरङले जिल्ल्लाभर एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

भोलि (शुक्रबार) राति १२ बजेदेखि जेठ १ गते राति १२ बजेसम्म लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला कोभिड नियन्त्रण संकट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा जिल्लाभर लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले विज्ञप्तिमार्फत जनाएका छन् ।

यसअघि विराटनगर महानगरपालिका सहित केही पालिकामा निषेधाज्ञा जारी भएको थियो । प्रदेश १ को राजधानी विराटनगर कोरोना संक्रमणको दृष्टिकोणले ‘हटस्पट’ नै बनेको छ । सक्रिय संक्रमितको संख्या दुई हजार पुग्न लागेको छ ।

निषेधाज्ञामा औषधि उपचार, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने, तोकिएको समयमा खाद्यवस्तु खरिद गर्नेजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिँड्डुल नगर्न भनिएको छ । अस्पताल, औषधालय, औषधि एवं स्वास्थ्य सामग्रीका पसल २४ सै घण्टा खुला रहने बताइएको छ ।