logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशभर थपिए ८ हजार ९ सय ७० जना कोरोना संक्रमित, ५४ जनाको मृत्यु


अंकुरण खबर
1.3K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा मात्र ८ हजार ९ सय ७० जना कोरोना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।

२० हजार ३ सय ६७ जनाको पिसिआर र ७७५ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा नौ हजार ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन्। हाल ३१४ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ७०७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यस्तै बिहीबार कोरोना भाइरसको संक्रमणबाट ५४ जनाको मृत्यु भएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार १ सय ६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण पुष्टि भएको हो।