logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे माधव नेपाल


अंकुरण खबर
1.248K
Shares

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

राष्ट्रियसभा उपचुनावमा गठबन्धन गर्ने, ओली नेतृत्वको सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने लगाएतका विषयमा नेपाल-देउवाको छलफल हुने जनाईएको छ ।

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो देउवालाई भेटेका थिए । यसअघि देउवा, नेपाल र माओवादी अध्यक्ष प्रचण्ड तथा जसपा अध्यक्ष उपेन्द्र यादवबीच मंगलबार र बुधवार छलफल भएको थियो ।