logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राजिलको राजधानीमा प्रहरी अप्रेशन : २५ जनाको मृत्यु


अंकुरण खबर
1.053K
Shares

ब्राजिलको राजधानी रियो दि जेनेरियोमा बिहीबार प्रहरी अप्रेशनले हिंस्रक रुप लिएको छ ।

बीबीसीका अनुसार प्रहरी अप्रेशनमा गोली हानाहान हुँदा एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको छ । रियो दि जेनेरियो ब्राजिलको सबैभन्दा हिंस्रक राज्यहरु मध्ये एक हो । रियो दि जेनेरियो शहरको जकारेजिन्हो क्षेत्रस्थित झुग्गी बस्तीमा २ सयभन्दा बढी प्रहरी परिचालन गरी अप्रशेन गर्दा सो घटना भएको हो ।

ड्रग्स तस्करीको प्रभाव धेरै रहेको त्यस क्षेत्रमा प्रहरी इन्स्पेक्टर आंद्रे लियोनार्डो दी मेलो फ्रायसको मृत्यु भयो भने अन्य तस्करीको मृत्यु भएको छ । साथै मेट्रो रेलमा सवार दुई यात्रु समेत घाइते भए ।