logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज हावाहुरी, चट्याङ्गसहित वर्षा हुने,यस्तो रहने छ आइतबारसम्मको मौसम


अंकुरण खबर
585
Shares

आज देशका विभिन्न भागमा हावाहुरी, चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेकोले देशका विभिन्न स्थानमा वर्षा हुने छ ।

आज राति पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रहने भएपनि दिउँसो धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

भोलि देशभर बदली रही पहाडी भू(भागका केही स्थानमा वर्षा हुने सक्ने छ । आइतबार प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशमा बदली रही मेघ गर्जन तथा हावाहुरीसहित वर्षा हुन सक्ने छ ।