आज बागमती प्रदेशको रिक्त अन्य समूहको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेद्वारको मनोनयन दर्ता हुँदै छ।
निर्वाचन आयोगले जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने मिति तोके अनुसार बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म मनोनयन पत्र दर्ता गर्न पाइने छ ।
निर्वाचन आयोगले जनाए अनुसार राष्ट्रिय सभा उपनिर्वाचनका लागि एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नेमकिपामात्र दर्ता भएका छन् ।
एमालेले भने रामबहादुर थापालाई उम्मेद्वार बनाउने भने पनि थापा पछि हटेपछि अहिलेसम्म उम्मेद्वार टुङ्गो लागेको छैन । यता भने कांग्रेस, माओवादी केन्द्रसहित विपक्षी दलले भने साझा उम्मेदवारका रूपमा डा. खिमलाल देवकोटालाई निर्णय गरेका छन् ।