logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा एमालेका शीर्ष नेता बैठक बस्दै


अंकुरण खबर
585
Shares

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू आज बालुवाटारमा बैठक बस्ने भएका छन्।

बागमती प्रदेशमा रिक्त एक जना राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ मा हुने उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न र वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने भनेकोले त्यसबारे तयारी गर्न शीर्ष नेताबीच छलफल हुन लागेको हो ।

एमालेका एक नेताका अनुसार केहीबेरमा शीर्ष नेताहरू बैठकमा बस्नेछन्। उपनिर्वाचनका लागि आज १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन गर्नुपर्नेछ। एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि निर्णय गरिसकेको छैन।

यसैबीच पार्टीभित्र देखिएका विवाद हल गर्नेबारे पनि एमालेमा पछिल्लो पटक नेताहरूले संवाद थालेका छन्। गत फागुन २८ गते अध्यक्ष ओलीले माधव नेपाल पक्षविनै महाधिवेशन घोषणा गर्ने, विधान संशोधन गर्नेलगायत निर्णय गरेका थिए।

साथै ओलीले हालै नेता नेपाल पक्षविनै १९ सदस्यीय स्थायी कमिटी पनि गठन गरेका थिए। फागुन २८ का निर्णयबाट ओली पछि हट्नुपर्ने अडानमा नेता नेपाल पक्ष छ।