logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चट्याङ लागेर गुल्मीमा एकको मृत्यु, आठ घाइते


अंकुरण खबर
1.014K
Shares

गुल्मी मुसिकोट नगरपालिका–४ दजाकोटमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। भने आठजना घाइते भएका छन्।

शुक्रबार बिहान सवा ८ बजे उजिर गाहा र भीमश्री गाहाको घरमा चट्याङ लागेर १८ वर्षीया करिश्मा गाहाको मृत्यु भएको हो। उनको तम्घास अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

चट्याङले लागेर ६३ वर्षीय उजुरसिंह गाहा, ६२ वर्षीया तथीकला, ३८ वर्षीय तुलबहादुर, ४२ वर्षीया जुनी, १८ वर्षीया मेलिना, ८ वर्षीय जोनित, ३३ वर्षीय चित्रबहादुर र २८ वर्षीया ज्योतिकला गाहा घाइते भएका छन् ।

घाइतेमध्ये तुलबहादुर, जुनी, मेलिना र जोनितलाई थप उपचारका लागि पाल्पाको लुम्बिनी मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ।