logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मुल्य एकैदिन एघार सय रुपैयाँले बढ्यो


अंकुरण खबर
3.25K
Shares

शुक्रबार नेपाली बजारमा सुनको मूल्य आकासिएको छ ।

गत बिहीबारको तुलनामा शुक्रबार एकै दिन प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कामय भएको छ ।

त्यस्तै चाँदीको मूल्य समेत शुक्रबार बढेको छ । गत बिहीबार प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एकैदिन ३५ रुपैयाँले बढेर एक हजार ३५० रुपैयाँ कायम भएको छ ।