वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रामबहादुर थापा बादल र कांग्रेस–माओवादी–जनता समाजवादी तथा एमालेका माधव नेपाल समूहको गठनबन्धनबाट खिमलाल देवकोटाको उम्मदेवारी परेको छ ।
दुवै जना उम्मेदवारले बाग्मती प्रदेशको राजधानी हेटौंडा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेका छन् ।
‘स्वतन्त्र उम्मेदवार’ देवकोटालाई नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा एमालेका माधवकुमार नेपाल समूहको समर्थन रहेको बताइएको छ ।